Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अष्ट्रेलियालीलाई कोरोनाविरुद्धको खोप नि:शुल्क


    बुधबार, भाद्र ३ २०७७
    930
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • क्यानबेरा । अष्ट्रेलियालीहरु कोरोना भाइरस विरुद्धको खोप नि:शुल्क लगाउन पाउने भएका छन् ।  प्रधानमन्त्री स्कट मरिसनले अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोभिड–१९ को खोप सबै अष्ट्रेलियालीका लागि निःशुल्क वितरण गरिने तयारी गरेको बताए । 

    तर यसका लागि उक्त खोपको क्लिनिकल परीक्षण सफल, सुरक्षित र प्रभावकारी हुनुपर्ने उनको भनाई थियो।  प्रधानमन्त्री मरिसनले अक्सफोर्डको परीक्षण तेस्रो चरणमा प्रवेश गरेको र यो सफल हुन अझै धेरै काम गर्न बाँकी रहेको जानकारी दिए।

    यो खोपबेलायती–स्वेडिस फर्मास्युटिकल कम्पनी अष्ट्राजेनिकाले विकास गरिरहेको छ ।  

    उनले भने, ‘यदि यो खोप सफल प्रमाणित भए हामी तत्कालै उत्पादन गरेर २ करोड ५० लाख अष्ट्रेलियालीलाई निःशुल्क उपलब्ध गराउने छौं।’

    प्रधानमन्त्री मरिसनले अष्ट्रेलियालीका छिमेकी मुलुकलाई पनि यो खोप उपलब्ध गराउन सकिने बताएका थिए, तर उनले यस सम्बन्धी विस्तृत विवरण दिन अस्वीकार गरे।  

    उनले खोपका बारेमा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडा, पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मारापे र फिजीका प्रधानमन्त्री फ्रान्क बैनीमारामासँग पनि हालै छलफल गरेका थिए।

    मरिसनले भने, ‘अष्ट्रेलियालीले प्रशान्त क्षेत्रीय राष्ट्रहरुलाई मद्दत गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार