विराटनगर। नोबेल मेडिकल कलेज विराटनगरमा कोरोना संक्रमित कर्मचारीको संख्या १८ पुगेको छ । मंगलबार थप चारजनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमित कर्मचारीको संख्या १८ पुगेको हो ।
नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार मंगलबार एक डाक्टर, एक नर्स र दुई फार्मेसीका कर्मचारीलाई कोरोना संक्रमण भएको हो । संक्रमित दुई अस्पतालभित्र रहेको सुस्वास्थ्य फार्मेसीका कर्मचारी हुन् ।
उनका अनुसार १८ संक्रमितमध्ये पाँचजना डाक्टर हुन् । दुई जना प्रशासनका कर्मचारी, चारजना फार्मेसीका कर्मचारी र सात जना नर्स हुन् । ३७५ जनाको स्वाब परीक्षण हुँदा १८ जनाको रिपोर्ट पोजेटिभ आएको उनले बताए ।