काठमाडौँ । सत्तारूढ दल नेकपा सांसदका स्वकीय सचिवलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वकीय सचिव टोप बहादुर शाहीलाई सङ्क्रमण भएको पुष्टि भएको हो ।
शाहीले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना सङ्क्रमण भएको पुष्टि गरेका हुन्।
शाहीले सोमबार बिहान फेसबुकमा पोस्ट गर्दै आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको र आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको जनाउँदै सम्पर्कमा आएकाहरूलाई पनि सिपिआर परीक्षण गरी ढुक्क हुन आग्रह गरे।
शाहीले फेसबुकमा लेखेका छन्,’हिजो साउन ३२ आएको रिपोट अनुसार पीसीआर टेस्टमा म पोजेटिभ भएको हुनाले मेरो प्रत्यक्ष सम्पर्कमा भएका सम्पूर्ण आफन्त र साथीहरूलाई होम क्वारेन्टीनमा कम्तीमा १४ दिन बस्नुहुन र कुनै स्वास्थ्य समस्या देखिएमा अथवा मेरो सम्पर्कमा आएको ६ दिनपछि कोरोना परीक्षण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।’
अछाम क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद यज्ञ बहादुर बोगटीका शाहीलाई स्वाकीय सचिव हुन्।