काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट सात जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो नेपालमा कोरोनाको कारण हालसम्म १ सय १४ जनाको मृत्यु भैसकेको छ ।
काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीका एक/एक पुरुष र तनहुँकी एक महिलाको कोरोनाबाट मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।
विगत २४ घण्टामा मुलुकभर १ सय १६ नयाँ संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ। सक्रिय संक्रमितको संख्या भने १० हजार ५ सय ६३ रहेको छ।