काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरण कसुरसम्बन्धी अनुसन्धान र कारबाही तीव्र बनाएको छ । विभागमा हाल विभिन्न कसुर गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा १५ सय बढी व्यक्तिविरुद्ध उजुरी परेको छ । विभागमा आएका उजुरीका आधारमा छानबिन तीव्रता दिएर कसुर प्रमाणित भएकालाई धमाधम मुद्दा दायर गर्ने क्रम थालिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक तारानाथ अधिकारीले बताए ।
विभागले विभिन्न कसुर गरी सम्पत्ति शुद्धीकरण गर्नेविरुद्ध आक्रामक कारबाही थालेसँगै मुद्दा दायर गर्ने क्रम पनि बढेको छ । चालू आर्थिक वर्ष २०७९/८० को सात महिनाको अवधिमा (साउनदेखि माघसम्म) विभागले सम्पत्ति शुद्धीकरणको कसुरमा आठवटा मुद्दा दायर गरेको छ । आठवटा मुद्दाका १८ जना आरोपीसँग ५ अर्ब बढी बिगो दाबी गर्दै मुद्दा दायर गरिएको महानिर्देशक अधिकारीले जानकारी दिए ।
विभागमा राजस्व छली गरेर तथा अन्य अपराधिक क्रियाकलाप गरेर सम्पत्ति आर्जन गर्ने र त्यसरी आर्जन गरिएको सम्पत्ति शुद्धीकरण गरेको भन्दै त्यससम्बन्धी कसुरमा उजुरी पर्ने क्रम बढेको छ । लागूऔषध, ठगी तथा संगठित अपराध, तस्करी, विदेशी विनियम अपचलन, हुन्डी अपराधलगायतबाट सम्पत्ति आर्जन गरी शुद्धीकरण गर्नेविरुद्ध उजुरी पर्ने क्रम बढेको विभागले जनाएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend