काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या १ हजार १६ जना थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या २८ हजार २५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जानकारी दिएको छ ।
संक्रमितमध्ये १७ हजार ५ सय ८० जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
मृतकको संख्या १ सय १४ पुगेको छ । पछिल्लो चौबीस घण्टामा ७ जनाको मृत्यु भएको छ ।