Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुखलाई कोरोना संक्रमण


    मंगलबार, भाद्र २ २०७७
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी विराटनगरको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रका व्यवस्थापक समेत हुन् ।

    केही दिन अघिदेखि कोरोनाको आशंकामा उनी क्‍वारेन्टिनमा रहेका थिए । उको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको हो । 

    स्वास्थ्य कार्यालयका अर्का एक कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि कार्यालयका जनस्वास्थ्य निरीक्षकमा कोरोना देखिएको थियो । उनी मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित पूर्वाञ्चल विश्वविद्यालयको कोभिड-१९ अस्पतालमा खटिएका थिए । 

    आफ्नै कार्यालयका कर्मचारीको कन्टयाक्ट ट्रेसिङ हुँदा उनको परीक्षण भएको हो । अहिले उनी होम आइसोलेशनमा रहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार