काठमाडौं । नेपाल प्रहरीका नायब महानिरक्षिक डीआईजी) अशोक सिंहका बिरुद्ध नागरिता छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अर्को उजुरी परेको छ । हाल सुदूर पश्चिम प्रदेशमा कार्यरत डीआइजी सिंहको २०४२ जेठ २२ मा जारी भएको नागरिकता प्रमाणपत्रमा जन्ममिति १८ बर्ष भएको उजुरीमा उल्लेख छ । सो मिति अनुसार उनको जन्ममिति २०२४ जेठ २२ हुन्छ ।
डीआइजी सिंह नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा खुला प्रतिस्पर्धाबाट प्रवेश गरेका हुन् । उनले सिटरोलमा आफनो जन्ममिति २०२५ पुस १६ उल्लेख गरेका छन् । उनको नागरिकता र सिटरोलमा भएको जन्ममितिमा १ बर्ष ६ महिना र १४ दिनको फरक रहेको देखिन्छ ।
सिंहले प्रहरी निरीक्षक पदमा दरखास्त दिने समयमा सो निवेदन दिने अन्तिम म्याद २०५० मंसिर १ सम्म रहेको थियो । प्रहरी निरीक्षक पदमा दरखास्त दिने अन्तिम मितिसम्ममा दरखास्त दिने उम्मेदवारको उमेर २५ बर्ष पूरा भएको हुनुहुँदैन । उनको नागरिकताको जन्ममिति २०२४ जेठ २२ ले २०५० मंसिर १ मा सिंहको उमेर २६ बर्ष ५ महिना ९ दिन हुन्छ ।
उनले तत्कालीन समयमा पेश गरेको शैक्षिक प्रमाणपत्र भारतको रहेको र सो प्रमाणपत्र नेपालको त्रिभुवन विश्वविद्यालयबाट समकक्षता (इक्युभ्यालेन्ट) गरेको अवस्था छैन ।
डीआइजी सिंहले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नागरिकताको सक्कल जन्ममितिलाई लुकाई सिटरोलमा जन्ममिति २०२५ पुस १६ लेखाई सेवा प्रवेश गरेको देखिएकाले उनको शैक्षिक प्रमाणपत्र, जन्ममिति लगाएतको अनुसन्धान गरी कानून विपरीत कार्य गरेका उनलाई आवश्यक कारबाहीको माग गरिएको छ ।
अख्तियारमा शुक्रबार दर्ता गरिएको उक्त उजुरीको दर्ता नम्बर सी–०४२३९८ रहेको छ ।
उजुरी यस्तो छः

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend