Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • काठमाडौंमा थपिए १६८ नयाँ कोरोना संक्रमित


    सोमबार, भाद्र १ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार १ सय ६८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत दिएको जानकारी अनुसार उपत्यकाका जिल्लाहरू काठमाडौंमा १३९ जना, ललितपुरका १५ जना र भक्तपुरका १४ जनामा कोरोना संक्रमण देखिएको हो।

    सोमबार देशैभर गरी ५ सय ८१ जना कोरोनाका संक्रमितहरू थपिएको छ।

    साथै देशभर १ सय १३ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ भने ६ जनाको भेन्टीलेटरमा राखेर उपचार भइरहेको छ।

    प्रदेश-१ मा २ जना, प्रदेश-२ मा ४१ जना, बागमती प्रदेशमा ५९ जना, गण्डकीमा १ र प्रदेश-५ मा ११ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ। भेन्टीलेटरमा राखेर उपचार भइरहेका ६ जना नै बागमती प्रदेशमा रहेको मन्त्रालयले जनाएको छ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार