हेटौंडा । बागमती प्रदेशसभाका एक उच्च अधिकारी कोरोना संक्रमित भएका छन् । कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि सङ्कलन गरिएकोे उनको स्वाब परीक्षणको आजको रिपोर्ट पोजेटिभ देखिएको हो ।
हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईँले यसको पुष्टि गरेका छन् । हेटाैंडास्थित आफ्नै निवासमा उनी सेल्फ आइसोलेशनमा बसेको बताइएको छ । कोरोना पुष्टि भए पनि उनीमा सामान्य रुघाखोकीबाहेक कुनै लक्षण नदेखिएको बताइएको छ । उनीसँंगै मकवानपुरमा आज १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।