काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदलबारे भ्रम सिर्जना गरेको भन्दै आपत्ति जनाएका छन् ।
पार्टीभित्रको समस्या समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा ६ सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलमा महासचिव विष्णु पौडेलको संयोजकत्वमा सदस्यहरु भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे रहेका छन् ।
प्रवक्ता श्रेष्ठले कार्यदलको सुझावअनुसार पार्टीभित्रको समस्या हल हुने भन्दै केही विवाद आउनासाथ पार्टी फुट्यो भनेर हल्ला गर्नु उचित नहुने बताए ।
‘यस स्थितिमा कार्यदलको गठनबारेमा भ्रमात्मक प्रचार गर्नु नितान्त गलत हो’, उनले भने, ‘तर एउटा कुरामा भने हामी सबै सचेत र गम्भीर बनौं ,पार्टी भित्र केही बिषयमा कुनै छलफल, बहस र संघर्ष भयो कि पार्टी फुट्ने खतरा उत्पन्न भैहाल्नु उपयुक्त हुँदैन । बरु पार्टी एकतालाई सुदृढ गर्न स्वस्थ बैचारिक राजनीतिक छलफल र बहसलाई प्रोत्साहित गरिनु पर्दछ ।’
त्यस्तै प्रवक्ता श्रेष्ठले दुई जना अध्यक्षहरुले पार्टीभित्र देखा परेको समस्या समाधानको प्रयास गरिरहेको जानकारी दिए । उनले पार्टी भित्रका समस्याहरुको समाधान र संकटको निकासको निम्ति गृहकार्य गरी सुझाव पेश गर्न गठित कार्यदलले आफ्नो काम सुरु गरिसकेको बताए ।
‘यसले यो सकारात्मक सन्देश दिसकेको छ कि हाम्रो पार्टी एकताको रक्षा सुनिश्चित भएको छ’, उनले भने, ‘मैले यस अघि नै सार्बजनिक रुपमा पार्टी संकटको निकास को सुत्र प्रस्तुत गरिसकेको हुँ, पार्टी एकताको रक्षा ,यथास्थितिमा गुणात्मक परिवर्तन र के कसको निर्णय अनुसार महाधिवेशनको तयारी ? पार्टी एकताको रक्षाले हामी सबैलाई खुसी बनाएको छ ।’
स्थायी कमिटी सदस्यसमेत रहेका श्रैष्ठले कार्यदलले तात्कालिन रुपमा कोभिड–१९ को नियन्त्रण,उपचार र अर्थतन्त्रको पुननिर्माण र अन्ततः राष्टृय स्वाधीनताको रक्षा गर्दै समाजवाद उन्मुख सामाजिक –आर्थिक रुपान्तरण गर्न पार्टी र सरकार सञ्चालनमा के कसरी गुणात्मक परिवर्तन गर्ने भन्ने सुझाव प्रस्ताव पेश गर्ने बताए ।
‘यसलाई स्थायी कमिटीमा प्रस्तुत गरी खुला र विवेकपुर्ण छलफल गरी संस्थागत निर्णय गरिनेछ’, उनले भने ।
काठमाडौँ । सरकारले सडक सुधारका लागि एसियाली विकास बैंक ९एडीबी०बाट ऋण तथा अनुदान सहायता स्वीकार गर्नेदेखि दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेसम्मका ६...
काठमाडौँ। सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष दुईवटा अध्यादेश जारी गर्न...
काठमाडौँ। सरकारले आज अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो। बैठकमा विभिन्न मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेस भएका...
काठमाडौँ। नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण बुझाएको छ। कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आयोगमा अध्यावधिक गरिएको हो। निर्वाचन आयोगका...
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगको विषयमा सत्तापक्षको धारणा र तयारी हेरेपछि मात्रै विपक्षी दलहरूले आफ्नो धारणा बनाउने बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend