काठमाडौं । वीरगञ्जमा मृत्यु भएका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। पर्सा सुगौलीका ४७ वर्षीय ती पुरुषको मृत्युपछि कोरोना पुष्टि भएको हो। योसँगै मृतकको संख्या १ सय ४ पुगेको छ। यसअघि आजै विराटनगरमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो।
उनको शनिबार बिहान ७ बजे अस्पताल ल्याउँदा मृत्यु भइसकेको नारायणी अस्पताल वीरगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले बताए। मृत्युपछि गरिएको नमुना परीक्षणमा शनिबार राति कोरोना पुष्टि भएको उनले जानकारी दिए।