Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना ‘हटस्पट’ बनेको पर्सामा थपिए २१ संक्रमित


    शनिबार, साउन ३१ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगञ्ज । पछिल्लो समय कोरोना ‘हटस्पट’ बनेको पर्सामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा शुक्रबार राति आएको रिपोर्टमा उनीहरुमा संक्रमण देखिएको हो ।

    संक्रमित हुनेमा ११ वर्षका बालकदेखि ६० वर्षका पुरुष समेत रहेका छन् । शुक्रबार राति संक्रमण पुष्टि हुने पर्साका २१ जनामा सरकारी वकिल कार्यालयका २८ वर्षका एक जना खरिदार, वीरगञ्ज बसर्पाकमा काम गर्ने ३५ वर्षीय पुरुष छन्। 

    वीरगञ्ज महानगरपालिका विभिन्न वडाका १३ जना सर्वसाधरण र पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ८ हरपुरका २३ बर्षका १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    नयाँ थपिएका २१ संक्रमितसँगै पर्सामा कुल १ हजार १ सय ९२ मा संक्रमण पुष्टि भैसकेको छ । सो क्षेत्रमा समुदायमै कोरोना फेलिएको आशंका गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार