Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुटवलमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु


    शनिबार, साउन ३१ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रुपन्देही । कोरोना भाइरसको संक्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कपिलवस्तु–७ का एक जनाको मृत्यु भएको छ । शनिबार बिहान ती व्यक्तिको मृत्यु भएको हो ।

    साउन २९ गते अस्पताल भर्ना भएका उनलाई निमोनिया भएको थियो । २९ गते नै स्वाब परीक्षणका लागि पठाइएकामा ३० गते आएको रिपोर्टको नतिजा प्रस्ट नआएकाले पुन: पीसीआर परीक्षणका लागि पठाइएको थियो । 

    यसअघि पनि कपिलवस्तुका एक जनाको उपचारकै क्रममा बुटवलमा मृत्यु भएको थियो । कपिलवस्तुमा लक्षण देखिएका संक्रमितको संख्या निरन्तर बढिरहेको छ लुम्बिनी प्रादेशिक अस्पतालमा थप ४ जना आइसोलेशनमा उपचाररत छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार