Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मनमैंजुमा तामाङको हत्या गर्ने आङदोर्जे पक्राउ


    शनिबार, साउन ३१ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आपसी विवादमा छुरा प्रहार गरेर हत्या गर्ने आङदोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।  

    शुक्रबार शेर्पाले काठमाडौंको मनमैजुमा आपसी विवादको क्रममा नुवाकोटका लक्ष्मण तामाङलाई छुरा हानेर हत्या गरेका थिए । 

    शुक्रबार राति साढे ८ बजेतिर एक खाजा घरमा दुई पक्षबीच विवाद हुँदा शेर्पाले तामाङलाई छुरा प्रहार गरेका थिए । गम्भीर घाइते भएका तामाङ ग्रीनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

    तामाङ गोंगबु सुकुम्वासी टोलमा बस्दै आएका थिए। महानगरीय अपराध महाशाखाले सुकुम्बासी टोलबाट तामाङ हत्याको मुख्य अभियुक्तको आरोपमा शनिबार शेर्पालाई पक्राउ गरेको जनाएको छ।

    घटनामा संलग्न रहेका अरू तीन जना पनि प्रहरी नियन्त्रणमा छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार