Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • मदिरासहित दुईवटा गाडी प्रहरी नियन्त्रणमा


    शुक्रबार, मंसिर २ २०७९
    915
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • भैरहवा । रुपन्देहीको शुद्धोधनबाट  मदिरासहित दुईवटा गाडी नियन्त्रणमा लिइएकाे छ । प्रहरीले शुद्धोधनको वडा नम्बर १ बेलवा र वडा नम्बर ५ खजुरीयबाट मदिरासहित गाडी नियन्त्रणमा लिएकाे जनाएकाे छ । 

    आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरण, ओसारपसारमा प्रतिवन्ध लगाइएकाे छ । निषेध गरिएको अवधिमा सुद्धोधन–१ बेलवामा शुक्रबार दिउँसो नम्बर नखुलेको गाडीसहित करिब १५ कार्टुन मदिरा नियन्त्रणमा लिएको छ भने शुद्धाेधन ५ खजुरियाबाट लु १ च ९२१९ छोटाहात्ती गाडी सहित २६ कार्टुन मदिरा बरामद भएको छ ।

    बरामद भएको मादिराकाे बाहिरी भागमा अन्तशुल्क स्टिकर भए पनि भित्री बोतलमा स्टिकर रहेको छैन ।   बेलवामा बरामद मदिरा निर्वाचन आचारसंहिता अनुगमन समिति रुपन्देहीका अधिकृत विष्णु प्रसाद ज्ञवालीले नियन्त्रणमा लिई जिल्ला प्रहरी प्रमुखको आदेशमा इलाका प्रहरी कार्यालय रन्यौरा बुझाइएका छन् भने खजुरीयाको बरामद मदिरा ईलाका प्रहरी कार्यालय छपियामा राखिएको छ ।  

    स्थानीयले मदिरासहितको गाडी नियन्त्रणमा लिएपछि प्रशासनलाई खबर गरेका थिए । बरामद मदिरा र गाडीसहित आवश्यक कारबाही हुने प्रहरी अधिकृतहरूले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार