Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन अनुरोध


    बिहिबार, मंसिर १ २०७९
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका हिमाली भू(भागका एक वा दुई स्थानमा हल्का हिमपातको पनि आकलन गरिएको छ ।

    महाशाखाका अनुसार राति प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    शुक्रबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

    महाशाखाकाले पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन भनेको छ । तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार