Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • कोमल वलीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण


    शनिबार, कार्तिक १९ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। निर्वाचन आयोगले एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कोमल वलीसँग स्पष्टिकरण सोधेको हो ।

    शुक्रबार वलीले विद्यार्थीसँग भोट माग्दै गरेको तस्बिर सार्वजनिक भएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

    आयोगले सोधेको स्पष्टीकरणमा किन विद्यार्थीसँग भोट मागिएको हो ? यसरी भोट माग्न कुन ऐनले सुविधा दिन्छ ? भन्ने प्रश्न गरिएको छ ।

    उनलाई आफैँ वा आफ्नो प्रतिनिधिमार्फत २४ घण्टाभित्र आयोगको कार्यालय वा आयोगमा स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार