Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • यस्तो छ आज कात्तिक १६ गते बुधवारको राशिफल


    बुधबार, कार्तिक १६ २०७९
    820
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    नयाँ कार्यको थालनी होला । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । भूमिबाट लाभ पनि रहला ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । पुँजी बजार भने ठिकै रहला । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनसक्छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    शैक्षिक क्षेत्रबाट सफलता मिल्ने छ । भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथिको सेवा होला । प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आज मन परेको मानिससँग टाढिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    कार्यमा सफलता पाइनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । जीवन साथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    आज आफन्तसँग भेटघाट रहनेछ । स्वादिष्ट भोजनको अवसर मिल्ने छ । शुभ कार्यको योजना बन्ने छ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज शुभकार्यको चर्चा चल्ने छ । वैदेशिक संस्थाबाट सहयोग पाइनेछ । न्यायिक कार्यमा सफलता मिल्ने छ । धार्मिक तथा समाजसेवामा मन लाग्ने छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    श्रमको उचित मल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    नयाँ काम वा रोजगार पाइनेछ । इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउने छ । चलाखीपूर्ण बोलीले कार्य सफल हुनसक्छ ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । मिष्ठान्न भोजन प्राप्ति होला ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । शेयर बजारबाट लाभ मिल्ने छ । विश्वास गरेकाले साथ दिनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार