Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपतिविरुद्ध उपराष्ट्रपति पुनले निकाले विज्ञप्ति : संविधानको दायराभन्दा बाहिर जाने छुट छैन


    बुधबार, असोज ५ २०७९
    665
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक दोस्रो पटक पनि राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाए पछि उपराष्ट्रपति नन्दबहादुर पुनले विज्ञप्तिमार्फत आपत्ति जनाएका छन्। बुधबार दिउँसो प्रकाशित विज्ञप्तिमा उनले भनेका छन्, ‘प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो ।’

    उनले संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नभएको समेत उल्लेख गरेका छन्। उनले संविधानको पालना र संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको स्मरण गराएका हुन्। 

    ‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो। संविधानबमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालना र संरक्षण हुनुपर्दछ’, उपराष्ट्रपतिको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाटै संविधानको पालना र संरक्षण हुन नसकेको भनी बृहत् जनआवाज उठिरहेका छन् ।

    NandaBahadur_Pun_bIhMS8g4aY.jpg
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार