काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले स्थानीय तहहरुलाई बजार अनुगमन गर्न आग्रह गरेका छन् ।
आज शनिबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीमा स्थापना गरेको चाडवाड लक्षित सुपथ मूल्य पसलको उद्घाटन गर्दै मन्त्री बडूले स्थानीय तहहरुलाई प्रभावकारी रुपमा बजार अनुगमन गर्न आग्रह गरेका हुन् । उनले दशैँ, तिहार, छठ लगायतका चाडपर्वहरु आइरहेको र चाडपर्वको बेलामा बजारमा अस्वभाविक रुपमा मुल्यवृद्धि हुने भएकाले तिनै तहको सरकारले बजार अनुगमन गर्नुपर्ने बताए। उनले मन्त्रालयले जनशक्ति बढाएर अनुगमन बढाइरहेको भएपनि मन्त्रालयको एकल प्रयास मात्र सम्भव नहुने बताए । उनले बजार अनुगमनका लागि प्रदेश र स्थानीय तहको अधिकार बढेको भएपनि ति तहहरुबाट अपेक्षित र प्रभावकारी रुपमा अनुगमन हुन नसकेको बताए ।
मन्त्री बडूले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई आफ्नो सम्पतिको यथार्थ अभिलेखिकरण राख्न निर्देशन दिए । उनले कम्पनीको सम्पतिलाई सदुपयोग गर्दै जनतालाई सस्तो सेवा दिन पनि निर्देश दिए । उनले भने – ‘नेशनल ट्रेडिङ र खाद्य संस्थान एक ठाउँमा आइसकेपछि यसको सम्पति धेरै बढेको छ । भौतिक सम्पति धेरै बढेको छ तर त्यसको क्यास सम्पतिमा तपाईहरु रुपान्तरण गरेर त्यसको व्यापारिक लाभ लिन सक्ने योजना तयार गर्न निर्देहन दिए । सहि अभिलेखिकरण हुन सकिरहेको अवस्था होइन भन्ने सुनिरहेको छु । यसलाई छिटोभन्दा छिटो अभिलेखिकरण गर्नुस् । र यो सम्पतिको सदुपयोग जनताको सेवामा, सस्तो सेवा दिन सकौँ । सस्तो सेवा धेरै ठुलो परिमाणमा दिन सकियो भने नाफा पनि कमाउनुहुन्छ । यसको परिमाण बढाउनुस् । अनुगमन पनि हुनुपर्ने अवस्था छ ।
गुणस्तरीय वस्तु सर्कुलेशनमा आउनुप¥यो । बजारको अनुगमन बढाउनुपर्छ । मन्त्रालय सचेत छ । बजार क्षेत्रमा पनि अनुगमनलाई यतिबेला हामीले विशेष रुपले जनशक्ति बढाएर अनुगमनको टिमहरु बढाएर, जनशक्ति बढाएर पनि हामीले अनुगमन बढाइरहेका छौँ मन्त्रालयको तर्फबाट । यो अनुगमन कार्य मन्त्रालयको निकायबाट मात्र सम्भव देखिएन । अनुगमनको निम्ति अधिकार जिल्लामा अझ बढाएको छ । प्रदेश र स्थानीय तहमा बढाएको छ । स्थानीय तहको अनुगमन त्यति प्रभावकारी, अपेक्षित ढंगले हुन सकेन ।
मन्त्री बडूले चाडपर्व लक्षित सुपथ मूल्य पसलमा विक्रि वितरण गर्ने खाद्यवस्तुको संख्या र सहुलियत बढाएको बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४१ जिल्लाका ४५ वटा शाखाहरुमा एकै पटक सुपथ मूल्य पसल उद्घाटन भएर सञ्चालनमा आएको जनाएको छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend