Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले गर्यो प्रतिनिधि सभाका सांसदहरुलाई बिदाइ


    शुक्रबार, भाद्र ३१ २०७९
    835
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रतिनिधि सभाका सांसदहरुलाई  बिदाइ गरेको छ । एमालेले प्रतिनिधि सभाको कार्यकाल सकिएको भन्दै आफ्नो पार्टीबाट निर्वाचित सांसदहरुलाई बिदाइ गरेको हो ।

    शुक्रवार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रतिनिधि सभाका सांसदहरुलाई बिदाई गरेको नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। बैठकमा सम्बोधन गर्दै पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा हुँदा गरेका कामहरुको फेहरिस्त बोकेर निर्वाचनमा जान निर्देशन दिएको उनले बताए ।  त्यसैगरी गठबन्धन सरकारले मुलुक र जनताको अहितमा गरेका कामहरुको भण्डाफोर गर्न पनि अध्यक्ष ओलीले निर्देशन दिएको उल्लेख गरे ।

     अध्यक्ष ओलीले नयाँ उम्मेदवार र उत्साहका साथ एमालेलाई वहुमत दिलाउनेगरी निर्वाचनमा खट्न नेताहरुलाई आग्रह गरे । संसदीय दलको बैठकबारे जानकारी दिँदै प्रमुख सचेतक भट्टराईले भने – ‘आज हामीले संसदको अन्तिम क्षणमा हाम्रो दलका नेता अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दलको बैठक बसेर हामीले प्रतिनिधि सभाका सांसदहरुलाई यहाँबाट बिदाई गरेका छौँ ।

    पार्टी अध्यक्षले, हामीले सरकारमा बसेका बेलामा गरेका कामहरुको फेहरिस्त बोकेर, त्यसैगरी यो १४ महिनाको अवधिमा गठबन्धन सरकारले मुलुक र जनताको अहितमा गरेका कामहरुलाई लिएर नयाँ घोषणापत्र, नयाँ उम्मेदवारका साथ, नयाँ उत्साहका साथ जनताको बीचमा जान र शानदार तरिकाले नेकपा (एमाले) लाई बहुमत प्राप्त गर्नेगरी चुनाव जिताउनका लागि सबैलाई अनुरोध गरेर आजको बैठक समापन भयो । आज संसदीय दलका नेताले हाम्रा प्रतिनिधि सभाका सबै सांसदहरुलाई बिदाई पनि गरे । र उनले धन्यवाद दिए । हामीले संसदमा जे जस्तो भुमिका निर्वाह ग¥यौँ ।

    सत्तामा बस्दा होस् । बाहिर बस्दा होस् । हामीले निर्वाह गरेको भुमिकाका लागि सबैलाई धन्यवाद पनि  दिए र सबैलाई अब दत्तचित्त भएर सन्निकट निर्वाचनमा नेकपा (एमाले) लाई वहुमत दिलाउनका लागि सशक्त भुमिकाका साथ अगाडी बढ्न उनले निर्देशन दिए ।
    अध्यक्ष ओलीले सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा संसदमा खेलेको भुमिकाप्रति सांसदहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार