Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधि सभा बैठकमा न्यायपरिषदकाे वार्षिक प्रतिवेदन पेस 


    शुक्रबार, भाद्र ३१ २०७९
    740
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा ‘न्यायपरिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८’ पेस भएको छ । नेपाली कंग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उक्त प्रतिवेदन पेस गरेकी हुन् ।

    यस्तै प्रतिनिधिसभाका सचिव गोपाल नाथ योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहित विभिन्न तीन वटा विधेयक टेबल गरेर ती विधेयकमा ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९’, बीमा विधेयक, २०७९’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ छन् ।

    यता प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । प्रतिनिधिसभाको अर्को बैठक आजै ३० मिनेटपछि बस्नेगरी स्थगित भएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार