Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्रपाको संसदीय समितिमा को को छन् सदस्य ?


    मंगलबार, भाद्र २८ २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय समिति बनाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा राप्रपाले संसदीय समिति बनाएको हो ।

    समितिमा पूर्वअध्यक्षहरू पशुपति शमशेर जबरा, लोकेन्द्रबहादुर चन्द र डा. प्रकाशचन्द्र लोहनी पदेन सदस्य रहने छन् ।

    त्यस्तै अध्यक्ष लिङ्देनले चन्द्रबहादुर गुरुङ, प्रा.डा.गीताभक्त जोशी, प्रा.डा.जयन्तनाथ खनाल, डा. कान्ता भट्टराई, वरिष्ठ अधिवक्ता राजु बस्नेत, केन्द्रीय सदस्य केदार न्यौपाने, पूर्वसभासद बबिना मोक्तान लावतीलाई मनोनित गरेका छन् । संसदीय समितिमा सातवटै प्रदेश समितिका अध्यक्षहरु पदेन सदस्य रहने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार