काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको जनकंग्रेस अध्यक्ष ली चान्सु र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच भेटवार्ता भएको छ ।
भेटवार्तामा द्विपक्षीय आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चिनियाँ नेता लीले आजै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरिसकेका छन् ।
प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाको निमन्त्रणामा चार दिने नेपाल भ्रमणको सिलसिलामा ली सोमबार काठमाडौं आएका हुन् ।
उनले मंगलबार नै सभामुख सापकोटासँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।
लीले आज नै प्रधानमन्त्री देउवासँग भेट गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, उनले २९ गते बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।
अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार स्वदेश फर्कनेछन्।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले इनम सापकोटामाथि भइरहेको अनुसन्धानको प्रक्रिया पारदर्शी नभएको आरोप लगाएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा...
काठमाडौँ । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा आफन्त गुमाएका परिवारसँग सभामुख डीपी अर्यालले सोमबार सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरमा भेट गरेका छन् । उनले...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संघीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा व्यापक छलफल र सहमति आवश्यक रहेको बताएका छन् । सो...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा थालेका छन्। पदयात्राको उद्घाटन आज बिहान रास्वपा सभापति रवि लामिछानेले जानकी मन्दिरमा गरेका छन्। ...
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend