काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमति पूर्वक सिट बाँडफाँट सम्पन्न गर्नका लागि सबै दलहरु लचिलो हुनुको विकल्प नरहेको बताएका छन् ।
सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको सिट बाँडफाँटका लागि शीर्षनेताहरुको छलफलका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सत्ता गठबन्धनका शीर्षनेताहरुको छलफल निर्णयको नजिक रहेको बताए । मन्त्री कार्कीले निर्णयको नजिकमा सहमतिपूर्ण तरिकाले छलफल भइरहेको र बैठकको अवस्था सकारात्मक रहेको जानकारी समेत दिएका छन् ।
उनले बैठकमा द्विपक्षीय, त्रिपक्षीय र सामूहिक रुपले छलफल प्रारम्भ भएको जानकारी दिए ।
मन्त्री कार्कीले दलहरुको आफनो आफ्नो अडान कायम रहेको भन्दै दलहरुका अडानमा सुक्ष्म ढंगले विश्लेषण भइरहेको बताए ।
उनले भनिन्–‘बैठकको अवस्था सकारात्मक छ, द्विपक्षीय, त्रिपक्षीय र सामूहिक रुपले छलफल प्रारम्भ भएको छ । निर्णयको नजिकमा सहमतिपूर्ण तरिकाले छलफल अघि बढिरहेको छ । अहिलेको आवश्यक्ता सबैले लचिलो हुनुको विकल्प छैन । तथापि पनि दलहरुको आफ्नो आफनो अडान छ । ती अडानमा हामीले अलिकति सुक्ष्म ढंगले विश्लेषण गरेर अघि बढेको अवस्था छ । छलफल बाँकी नै रहन्छ । एकै सिटमा दुई–तीन पक्षले दाबी गरेको अवस्था छ । त्यसलाई समाधान गरेर एउटा मात्रै गठबन्धनको उम्मेदवार बनाउनुपर्ने छ ।’
मन्त्री कार्कीले केही निर्वाचन क्षेत्रमा सबै दलहरुले आफ्नो आफनो दाबी गरेका कारण उम्मेदवार टुंगो लगाउन छलफल भइरहेको बताए । आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि सत्तारुढ गठबन्धनभित्रका पाँच दलबीच सिट बाँडफाँटको टुंगो लगाउन लामो समय यता बैठक र छलफल चलिरहेको छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend