Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले संविधान दिवसको अवसरमा पदयात्रा आयोजना गर्ने


    सोमबार, भाद्र २७ २०७९
    1.9K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन काठमाडौँ उपत्यकामा कार्यक्रम आयोजना गर्ने भएको छ।

    आठौँ संविधान दिवसका अवसरमा पार्टीले आगामी १ असोजमा उपत्यकामा वाकथन (पदयात्रा) आयोजना गर्ने निर्णय गरेको छ।

    निर्वाचन आयोगले संविधान जारी भएको दिन ३ असोजमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने मिति तोकेकाले एमालेले यो कार्यक्रम १ असोजमा तय गरेको हो।

    उपत्यकाका विभिन्न पाँच ठाउँ नयाँ बानेश्वर, मैतीदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट हजारौँ मानिसहरूको सहभागितामा सुरु हुने वाकथनको वसन्तपुर पुगेर विसर्जन गर्ने कार्यक्रम निर्धारण गरिएको छ। सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्।

    यस संविधान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई पार्टीको घेराभित्र सीमित नगरिएको र देशभक्त, सामाजिक क्षेत्र, पेशा, व्यवसायमा संलग्न तथा एमालेप्रति शुभेच्छा राख्ने आम जनसमुदायलाई सहभागिताका लागि आह्वान गरिएको छ।

    वाकथनलाई भव्य अर्थात् विशेष बनाउन सोमबार पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा तयारी बैठक बसेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार