Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गठबन्धन ठिक छैन भन्ने कुरा षडयन्त्रकारी कुरा होः प्रधानमन्त्री देउवा


    शुक्रबार, भाद्र २४ २०७९
    990
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन ठिक छैन भनेर टुटाउनका लागि षडयन्त्र भइरहेको बताएका छन् ।

    शुक्रवार जनताको साथमा काँग्रेस अभियान प्रथम चरणको समापन कार्यक्रम एवं बिपी कोइरालाको १०९ औँ जन्मजयन्तीको अवसरमा विशेष सम्मान कार्यक्रमलाई चितवनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । 

    उनले गठबन्धन अहिलेको आवश्यकता भएकाले गठबन्धन ठिक छैन भन्नु षडयन्त्रकारी कुरा भएको उल्लेख गरे । उनले गठबन्धन कुनै पनि हालतमा टुट्न नदिने प्रतिबद्धता जनाए । प्रधानमन्त्री देउवाले गठबन्धन ठिक छैन भन्नु पार्टीलाई सिध्याउने षडयन्त्र भएको पनि उल्लेख गरे । उनले गठबन्धन बलियो भएमात्रै पार्टीहरु बलियो बन्ने बताए । उनले गठबन्धनबाट जतिसक्दो धेरै फाइदा लिनुपर्ने बताए ।

    उनले भने–‘हिजो के अवस्था थियो चितवनमा ? एक्लै चुनाव लड्दा के अवस्था हुन्छ ? सबै मिलेर चुनाव लड्दा नै पार्टी बलियो हुन्छ, पार्टी बलियो हुनु नै महत्वपूर्ण छ । आज यहीँका मान्छेहरु मन्त्री छन् । भोलि यहाँकै मान्छे मन्त्री, प्रधानमन्त्री हुन सक्छन् । अहिले गठबन्धन आवश्यक छ, गठबन्धनलाई बचाएर लैजान पनि त्यत्तिकै आवश्यक छ । गठबन्धन कुनै पनि हालतमा टुट्न दिन्न । गठबन्धन ठिक छैन भन्ने कुरा षडयन्त्रकारी कुरा हो ।

    पार्टीलाई सिध्याउने षडयन्त्र हो यो । गठबन्धन रहेपो पार्टी बलियो हुन्छ, त्यसैले गठबन्धनको खिलाफ बोल्ने कुरा छैन । गठबन्धनबाट जतिसक्दो बढी भन्दा बढी फाइदा लिनुपर्छ ।’

    शुक्रवार जनताको साथमा काँग्रेस अभियान प्रथम चरणको समापन कार्यक्रमका लागि प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँण चितवन पुगेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार