काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिरुद्धमा मुद्दा हालेर पार्टी फुटाइदिएको भन्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलप्रति असन्तुष्टि ब्यक्त गरेका छन् ।
बिहीवार शहीद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठान, नेपालले काठमाडौंमा आयोजना गरेको २४ औँ शहीद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (बैरागी) स्मृति दिवस तथा स्मृति ग्रन्थ सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले असन्तुष्टि व्यक्त गरेका हुन् ।
अध्यक्ष दाहालभन्दा अगाडि मन्तव्य राखेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाली काँग्रेससँग भाग मागेर उत्पीडित वर्ग र समुदायको मुक्ति नहुने टिप्पणी गरेका थिए । सोही टिप्पणीको जवाफ दिँदै अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनलाई एक बनाउँदा फुटाउनका लागि अदालत गएको भन्दै कट्टेलप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनले तत्कालीन नेकपा फुटाउन अदालत जानेले संविधान र गणतन्त्रको रक्षाका लागि गरिएको कामलाई गलत भन्नु नहुने बताए । उनले कट्टेललाई जनक्रान्तिको बेलामा कहाँ हुनुहुन्थ्यो ? किन त्यो आदर्शमा लाग्नुभएन भन्ने प्रश्न समेत गरे ।
प्रचण्डले भने–‘ऋषिजीले जो आदर्शको कुरा गर्नुभयो, म यतिमात्रै भन्न चाहन्छु, ऋषिजी तपाई जनक्रान्तिको बेलामा कहाँ हुनुहुन्थ्यो ? तपाई त्यो आदर्शमा किन लाग्नुभएन ? नेपालको कम्युनिष्ट आन्दोलनलाई एक बनाउनुपर्छ भन्दा यसलाई फुटाउनुपर्छ भनेर अदालतमा जाने तपाई नै होइन र ? अनि अहिले काँग्रेससँग मिल्यो भनेर तपाईले भन्न मिल्छ ? संविधान र गणतन्त्रको रक्षाको लागि गरिएको कामलाई । मेरो विचारमा मिल्दैन ।’
अध्यक्ष दाहालले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको भए पनि हामलसम्म कार्यान्वयन नभएको बताए । उनले भने– सो निर्णय कार्यान्वयनका लागि लडाईं गरिरहेको छु । वर्गयुद्ध जारी रहेको छ । माओवादी केन्द्रप्रति नकारात्मक प्रहारहरु भइरहेको छ । प्रतिक्रियावादीहरुको बिरुद्धमा आफू संघर्षमा नै रहेको छु ।
अध्यक्ष दाहालले भने–‘मैले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको हैसियतले जनयुद्धको तमाम शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गर्ने माइन्युटमा पहिलो निर्णय गराएँ । तर त्यो माइन्युट अहिले छैन । राजपत्रमा तुरुन्त निकालिनुपथ्र्यो, निकालिएन । र, त्यो लडाइँ अहिले पनि जारी छ । अहिले गठबन्धनभित्र पनि छ । वामपन्थी गठबन्धन र कम्युनिष्ट एकता गरेको सरकारको बेलामा पनि थियो । अहिले पनि छ । चलिराख्छ । हामी संघर्षमा बसिराख्यौँ भने त हामी जीवित रहिराख्न सक्छौँ । संघर्षबाट छुटयौँ भने हाम्रो धेरै अपठयारो स्थिति आउँछ । त्यसकारण हामी संघर्षमै छौँ । म संघर्षमै रहेको अनुभूति हुन्छ । म भिन्न रुपले संर्घषमै छु । यो वर्गयुद्ध हो । वर्ग लडाईं हो जारी छ । अहिले कसले जित्छ भन्ने कुराको अन्तिम फैसला भइसकेको छैन ।
प्रहार माओवादी केन्द्रमाथि हिजो जनयुद्धको बेलामा पनि थियो यो अपराधीहरुको हो भनेर, टाउकै काटने कुरा थियो । अहिले पनि माओवादी अस्थिरताको कारक हो । प्रचण्ड रहँदासम्म यो देश अप्ठ्यारोमा परिराख्छ त्यसकारण प्रचण्ड सिध्याउनुपर्छ भनिएकै छ । मैले संघर्ष छोडेको भए त्यसो भन्नुपर्ने आवश्यकता हुँदैनथ्यो प्रतिक्रियावादीहरुलाई । अवसरवादीहरुलाई । म संघर्षमै छु त्यसकारण प्रहार अर्को कित्ताबाट भई नै राखेको छ । म अन्तिम समयसम्म संघर्षमा रहनेछु ।’
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेकपा (माओवादी केन्द्र) सर्वहारा वर्गको मुक्ति र राष्ट्रिय स्वाधिनताको सम्बन्धमा गलत बाटोतिर गइरहेको टिप्पणी गरे । उत्पीडित वर्ग, समुदायको मुक्ति र राष्ट्रिय स्वाधिनताको रक्षाको बाटो स्पष्ट नभएसम्म शहीदप्रति सम्मान नहुने बताए । नेपाली काँग्रेससँग भाग मागेर मुक्ति प्राप्त नहुने उनको भनाई छ । उनले भने–‘आज तपाईको पार्टी, सुरेशको पार्टी, नेपाली जनक्रान्तिको दिशामा, नेपालको उत्पीडित वर्ग, समुदायको मुक्तिको दिशामा, नेपालको राष्ट्रिय स्वाधिनताको रक्षाको दिशामा कुन ठाउँमा छ ? तपाईहरुले मूल्यांकन गर्नुस् ।
आफना पाटोहरुलाई ठिक ढंगले मूल्यांकन गरिएन भने शहीदप्रतिको श्रद्धा, श्रद्धा हुँदैन । त्यसकारण म अनुरोध गर्छु, तपाईहरुको पार्टी तपाई जतिसुकै फुँदा गास्नुस् । अहिले प्रचण्डजीले भन्दा त स्वर्ग पारिदिनुहुन्छ अहिले नै मलाई थाहा छ । तर नेपालको जनक्रान्तिको दिशामा, नेपाली सर्वहारा वर्गको मुक्तिको दिशामा, नेपालको राष्ट्रिय स्वाधिनताको दिशामा एउटा गलत बाटोतिर गइरहेको छ । यसलाई सच्याउन म अनुरोध गर्छु । सुरेशको सम्मान जबसम्म नेपालको उत्पीडित वर्ग, समुदायको मुक्ति र देशको राष्ट्रिय स्वाधिनताको रक्षाको बाटो क्लियर हुँदैन तबसम्म सम्मान हुँदैन । अब काँग्रेससँग भाग मागेर मुक्ति हुन्छ ? त्यसकारण यो बाटोमा अलि गम्भिरतापूर्वक सोच्न म यो बेलामा अनुरोध पनि गर्छु ।’
उनले माओवादी केन्द्र गलत बाटोमा गइरहेको भन्दै सच्चिन आग्रह समेत गरेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend