काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई गाई चिह्न नदिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । गाई चिह्न नदिएपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले आक्रोस प्रकट गरेका छन् । सामाजिक संजालमा उनले अदालतको फैसला दुर्भाग्यपूर्ण भएको उल्लेख गरेका छन् । कमल थापाले चलखेल, दबाब र ‘सेटिङ’ ले संवैधानिक अंगहरुलाई प्रभावित गर्छन् भन्ने उदाहरण गाई चिह्न खारेज गर्ने फैसलालाई लिएको उल्लेख गरेका छन् ।
थापाले लेखेका छन्–अदालतको फैसला शिरोधार्य छ ।
तर,गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदरगर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण छ । चुनाव चिन्ह रोज्न पाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भयो । चलखेल, दवाव र ‘सेटिङ’ ले कसरी संवैधानिक अंगहरुलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण हो यो फैसला ।
कुन कानुनमा टेकेर सर्वोच्च अदालतको आफ्नै दुई अन्तरिम आदेश उल्टाउने काम न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासले गर्यो, यसको जवाफ उहाँहरुले दिनुपर्नेछ । ओठें जवाफ दिन सकिएला, तर उहाँहरुको अन्तर्आत्माले उहाँहरुलाई जीवनभर पोलिरहने छ ।
झण्डामा गाई राख्न पाइने चुनाव चिन्ह बनाउन नपाउने ! ‘निर्वाचन आयोग र अदालतको वाह ! क्या गजबको निर्णय र न्याय !
अदालत र निर्वाचन आयोगलाई मेरो चुनौती छ–कुन कानुनले गाई चिन्ह नपाउने लेखेको छ ? दलले आफ्नो चिन्ह रोज्न र परिवर्तन गर्न कुन कानुनले रोकेको छ ? देखाउनुहोस्, जनताले पनि हेरोस्, बुझोस् ।
अदालतको फैसला मान्नु बाध्यता छ । मान्छु ।
देशमा एउटा बलियो राष्ट्रवादी हिन्दूवादी शक्ति बन्न नदिन तथा सनातन धर्म संस्कृति र परम्परा कमजोर बनाउन भैरहेको देशीविदेशी शक्तिहरुको सुनियोजित षड्यन्त्र अन्तर्गतकै एउटा कडी हो राप्रपा नेपाललाई गाई नदिने निर्णय । तर, हामी हतोत्साहित वा विचलित भएका छैनौं । अदालत, संवैधानिक अंग र राज्यव्यवस्थामा रहेका यस्ता विकृतिका पर्खालहरु भत्काएर अझ उच्च मनोबल, दृढता र सक्रियताका साथ अघि बढ्ने छौँ । भ्रष्ट प्रवृत्ति र शक्तिका पुजारीहरुको भण्डाफोर गर्नेछौँ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend