Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसले १ सय सिट दाबी गर्नु नै अहंकार हो : नेपाल


    शनिबार, भाद्र १८ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मोरङ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले समानुपातिकमा २० लाख मत ल्याउने बताएका छन् ।

    मोरङको विराटनगरमा आयोजित पेशागत महासंघको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।
    उनले समानुपातिकबाट २० लाख मत ल्याए २० देखि २५ सिट आउने बताए । नेपालले भने, ‘समानुपातिकमा ११० सिट मध्ये २० लाख मत ल्याए २० देखि २५ सिट सुरक्षित हुन्छ।’
    नेपालले गठबन्धन गर्ने विषयमा कांग्रेसमा अहंकार देखिएको बताए । २०७४ सालमा २३ सिट जितेको कांग्रेसले १ सय सिट दाबी गर्नु नै अहंकार भएको उनले बताए ।

    उनले आफ्नो पार्टीको अहिलेको स्थान सुरक्षित गर्न लाग्नुपर्नेमा कार्यकर्तालाई आग्रह गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार