Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • नागरिकता सम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित गर्नु राष्ट्रपतिप्रतिको अपमान हो : वामदेव गौतम


    शुक्रबार, भाद्र १७ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नागरिकता सम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित गर्नु राष्ट्रपतिप्रतिको अपमान हुने बताएका छन् । 

    आज शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले राष्ट्रपतिले पुनःविचारका लागि पठाउनुभएको नागरिकता सम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित गरी पठाउनु राष्ट्रपति पद प्रतिको अपमान हुने बता हुन् । उनले  राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको सन्देश बेठिक नभएको बताबताए । उनले सुझावहरु ग्रहण गर्न योग्य रहेको बताएका छन्  । गौतमले यस विधेयकको सम्बन्धमा पुनःविचार गर्नुपर्ने बताए । उनले भने  – ‘मैले त यसलाई पास गर्नुपर्छ । फर्काउनुपर्छ । जस्ताको त्यस्तै पठाउनुपर्छ । भन्ने विषयलाई मैले मेरो विचार यो छ भनेर भन्दिनँ । तर म भन्न चाहन्छु कि जस्ताको त्यस्तै पठाउने काम अहिलेको राष्ट्रपतिको अपमान हो । र त्यो राष्ट्रपति पदको अपमान हो । राष्ट्रिय सभाले कम्तिमा ति हरेक बुँदाहरुमा आज तपाई जे गर्दै हुनुहुन्छ त्यही निस्कर्ष निकाल्नुहुन्थ्यो हामी थियौँ नि वहस गर्ने विधेयक सम्बन्धमा । किन बोलाइएन हामीलाई ? ती अत्यन्त ग्रहणिय छन कतिपय विषयहरु । शिक्षा लिने किसिमका छन । जस्ताको त्यस्तै पठायौँ भनेर गौरव गर्ने विषय होइन, यसमा ख्याल गर्नुपर्छ । पुनर्विचार गर्नुपर्छ ।’

    उनले विधायन व्यवस्थापन समितिले नागरिकता विधेयकलाई जस्ताको त्यस्तै राष्ट्रिय सभामा पठाएकोप्रति असन्तुष्टि जनाउनु भयो । यस विषयमा समितिमा छलफल नहुनु बौद्धिकतामाथिको हमला भएको टिप्पणी गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार