काठमाडौं। मेयर बालेन्द्र साह सहितको टोली आज बिहीबार नयाँ बानेश्वरस्थित अल्फाबिटाको अवैध संरचनामा फेरी पुगेका छन् ।काठमाडौ महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अवैध संरचनामा आजै डोजर चलाइएको छ। अल्फाबिटाले भुईं तल्लामा अवैध तवरले पसल सञ्चालन गर्दै आएको भन्दै महानगरले अल्फाबिटाको संरचना भत्काएको हो।
महानगरपालिकाले अवैध संरचना भत्काउन ३५ दिने सूचना जारी गरेपनि अटेर गरेर अवैध संरचना नभत्काउनेहरुकोमा आजै मेयरसहितको टोली पुगेर डोजर चलाइएको छ।
अल्फाविटाका मालिक कोरोना संक्रमण कालमा मेडिकल सामग्री आयातमा घोटाला गरेको आरोप लागेको ओम्नी समूहसँग आवद्ध छन् । सयौंको संख्यामा सर्वसाधारणहरुको कोरोना संक्रमणबाट मृत्यु भइरहेका बेलामा समेत स्वास्थ्य सामग्रीहरु खरिद गर्दा घोटाला गरेको आरोप ओम्नी समुह माथि लागेको थियो ।
बिहान मेयर बालेन र अल्फाबिटाका प्रतिनिधिबीच नक्सा र भुईं तल्लाको प्रयोगबारे विवाद भएको थियो। बालेनले उनीहरुसँग नक्सा मागेका थिए, तर उनीहरुले महानगरमै भएको जवाफ दिएपछि बालेन आक्रोशित बनेका थिए।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend