Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्तारुढ दलका शीर्ष नेताको बैठक जारी


    बिहिबार, भाद्र ९ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • फाइल फोटो 

    काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक जारी छ । बैठक बालुवाटारमा बैठक बसेको छ । आगामी  मंशिर ४ तगे शुने संसदीय निर्वाचनको सिट बाँटफाँटको विषयमा सत्तारुढ दलहरूबीच सहमति जुट्न सकेको छैन । आजको बैठकमा पनि  निर्वाचन र समसामयिक विषयमा छलफल भइरहेको नेताहरूले बताएका छन् ।

    गठबन्धनमा रहेका दलहरु आ आफ्नो दाबीबाट पछि नहटेपछि कार्यदलले सहमति जुटाउन सकेको छैन । बैठकमा नेपाली काँग्रेसले प्रत्यक्षतर्फ एक सय सिटमा दाबी गरेको छ भने अन्य दलहरुले ८० सिट मात्र दिन सकिने बताउँदै आएका छन् ।

     गठबन्धनदल नेकपा एकीकृत समाजवादी ९नेकपा एस० ले जसरी पनि आफूलाई संघीय प्रतिनिधिसभामा २४ सिट चाहिने अडान लिएको छ । माओवादी केन्द्रले गठबन्धनका अन्य दलले ८५ सिट र कांग्रेसले ८० सिट लिएर चुनावमा जानुपर्ने प्रस्ताव राखेको छ । जसले गर्दा सिट बाँडफाँट कार्यदलले काम गर्न सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार