काठमाडौं ।रौतहटको वडहर्वा स्थित वागमती नदीमा १२ वर्षदेखि पुलको निर्माण कार्य हुन नसक्दा स्थानीयवासी मारमा परेका छन् ।
रौतहटको दुर्गाभगवती गाउँपलिका वडा नम्बर ५ वडहर्वास्थित वागमती नदीमा १२ वर्षसम्म पनि पुल निर्माण हुन नसक्दा नदी वारपार गर्न स्थानीयहरु मारमा परेका हुन । वागमती नदिमा स्थानीयहरु वारपार गर्न सहज हुने भन्दै माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेलामा पुल शिलान्यास भएको थियो । तर पूर्वप्रधानमन्त्री नेपालले पुल शिलान्यास गरेको १२ वर्ष भइसक्दा पनि पुल निर्माण हुन सकेको छैन । पुल बन्ने ठूलो आशा बोकेका वागमती पारीका वडहर्वावासीले आफ्नै गाउँपालिका तथा वडा कार्यालय आउनसमेत दिनभर लाग्ने गरेको छ । पुल समयमा नै निर्माण सम्पन्न नहुँदा वागमती पारी बसोवास गर्ने करिव ४ सय भन्दा बढी घरधुरीका स्थानीय जोखिम मोलेर काठको डुंगामा यात्रा गर्न बाध्य छन । स्थानीयहरु दैनिक तथा प्रशासनिक कामको लागि र जिल्लाका विभिन्न स्थानहरुमा जानको लागि डुंगाकै भर पर्नुपर्ने अवस्था रहेको उनीहरुको गुनासो छ । स्थानीयवासी बिरामी हुँदासमेत डुंगामार्फत नदी पार गरेर उपचार गर्न जानुपर्ने अवस्था रहेको छ । स्थानीय बालकेश्वरी देवीले नदीमा बाढी आएमा नदी पारी जानसमेत नसक्ने बताउनु भयो । उहाँले आफ्नो खेतबारीमा काम गर्न जान समेत एकदिन लाग्ने गरेको गुनासो गर्नुभयो । त्यस्तै स्थानीय सुरेन्द्र पासवानले वडा कार्यालयमा सामान्य सिफारिसको लागि जाँदा एकदिन छुटयाएर जानुपर्ने बाध्यता रहेको बताए ।
वागमती नदी पारी रौतहटको वतसपुर, बडहर्वा, राजदेवी , गौर लगायत स्थानका मानिसहरु डुंगा चढेरै खेतबारीमा काम गर्न जाने गरेका छन । वागमती पारीका स्थानियलाई वारी आउन दुईवटा डुंगाको यात्रा गर्नुपर्छ । वर्षा याममा वागमती नदीमा बाढी आउँदा स्थानियहरुको आवत जावत नै ठप्प हुने गरेको छडुंगा चालक रामबाबु रजक बताउ छन् । डुंगा चढन सर्वसाधरणले एकपटकको ५० रुपैयाँ लाग्ने उनले बताए । उनले नदीमा बाढी आउँदा दिनमा एकपटक मात्रै डुंगा चल्ने गरेको बताए ।
यता हुलाकी राजमार्ग निर्देशनालयका प्रमुख दारोगाप्रसाद साहले भने ठेकेदार कम्पनीको समय अवधि डेढ वर्ष रहेको बताउनु भयो । उहाँले डेढ वर्षको अवधिमा वागमति नदीको पुल अन्य किसिमका बाधा नभए निर्माण सम्पन्न हुने बताए ।
वागमती नदीमा वि.सं २०६७ साल जेठमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालदवारा पक्की पुलको शिलान्यास भएको थियो । प्रधानमन्त्रीबाट पक्की पुल निर्माणको लागि शिलान्यास भएसँगै ज्यानको जोखिम राखेर यात्रा गर्न बाध्य वडहर्वावासी खुशी भएका थिए । तर शिलान्यास भएको १२ वर्षसम्म पनि पुल बन्न नसक्दा स्थानीयहरु रुष्ट भएका छन । वागमती नदीको उक्त पुल निमार्ण सम्पन्न भएमा रौतहट र सर्लाहीका बासिन्दा समेत प्रत्यक्ष लाभावन्वित हुन्छन । वागमती नदी पुलको ठेक्का लुम्बिनी बिल्डर्स प्रा.लि. सिद्धार्थनगरले ३५ करोड ८९ लाख ९ हजार ४ सय ३३ रुपैयाँमा पाएको थियो । ठेक्का लुम्बिनिले पाएपनि निर्माणको काम पप्पु कन्सन्ट्रक्सनले थालेको थियोे । पप्पु कन्ट्रक्सनले सडक विभागसँग २०६७ जेठ ३१ गते २०७० जेठ ३० गते पुलको निर्माण काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । १७ स्पान सहितका सो पुलको लम्बाई ६३३ मिटर र चौडाई दुई लेनको छ । स्पान निर्माणको काम सकिएपनि बाँकी काम भने शुरु भएको ९ वर्षभन्दा बढी भइसकेको छ । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, पर्साले लुम्बिनी बिल्डर्ससँग ठेक्का रद्ध गरेपछि पुनः आह्वान गरेको ठेक्का माहालक्ष्मी विकास वाइपी जेभी जनकपुरले २०७९ वैशाख ११ गते सम्झौता गरी २०८१ कार्तिक १० गते निमार्ण सम्पन्न गर्नेगरी ५७ करोड ४० लाख ७७ हजार ५०१ रुपैयाँमा सम्झौता गरेको छ । कार्यालयले नयाँ ठेक्का लगाएपनि काम भने शुरु हुन सकेको छैन ।
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend