काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कला र साहित्यको अवमूल्यन गर्नु नहुने बताउनुभएको छ ।
बिहीवार नेपाल सांस्कृतिक संघले आयोजना गरेको नेपाली काँग्रेस र साहित्य विषयक विचार गोष्ठिमा बोल्नुहुँदै वरिष्ठ नेता पौडेलले साहित्यले देश बनाउने प्रेरणा जगाउने बताउनु भयो । उहाँले साहित्यले मानिसलाई काम गर्ने प्रेरणा पनि जघाउने भएकाले कला र साहित्यको अवमूल्यन गर्नु नहुने बताउनु भयो । कला र साहित्यको अवमूल्यन गरेमा प्रगति गर्न नसकिने र नेपालको पहिचान नै समाप्त हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘साहित्यले मान्छेलाई काम गर्ने प्रेरणा जगाउँछ । देश बनाउने, राष्ट्र बनाउने प्रेरणा जगाउँछ । साहित्य र कलाको महत्व हामीले अवमूल्यन गर्नुहुन्न । साहित्य र कलालाई हामीले मिनिमाइज ग¥यौं भनेदेखि वास्तवमा हामी ‘हामी’ हुन सक्दैनौँ । हामीले केही प्रगती गर्न सक्दैनौँ । हाम्रो पहिचान नै समाप्त हुन्छ । कल्पनाशिलता, भावुकता, हृदयमा भावना, कल्पना र सपना भएन भने देश बन्दैन । देश बनाउनलाई भावना, कल्पना र सपना चाहिन्छ ।’
वरिष्ठ नेता पौडेलले देश बनाउनका लागि भावना, कल्पना र सपना चाहिने उल्लेख गर्नुभयो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend