काठमाडौं । नेकपा (एमाले) का सांसद खगराज अधिकारीले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई जनपक्षीय रुपमा सञ्चालन गर्न माग गरेका छन् ।
बुधवार प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै सांसद अधिकारीले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई खारेज गर्न लागेको आरोप लगाए ।
सरकारी अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रमलाई लागू गर्न नसकेको र सरकारले पनि भुक्तानी दिन नसकेको भन्दै उनले बीमा कार्यक्रमलाई सरकारले रद्द गर्न लागेको बताए । सांसद अधिकारीले स्वास्थ्य बीमा कार्यक्रममार्फत् ज्येष्ठ नागरिक, अपांग नागरिक तथा एच.आई.भी..एड्स संक्रमितहरुले लाभ लिइरहेकाले उनीहरुको स्वास्थ्यमाथि खेलवाड नगर्न अनुरोध गरेका छन् । उनले यसलाई कुनै पनि हालतमा सरकारले जनपक्षीय रुपमा सञ्चालन गर्नुपर्ने बताए ।
सांसद अधिकारीले भने–‘यो कार्यक्रमलाई रद्द गर्न खोजेका हौँ ? ज्येष्ठ नागरिक र अपांगता भएकाहरुको हामीले हुर्मत लिन खोजेका हौँ ? अहिले त पाँच लाख डोज कोभिसिल्ड समेत हराएको छ, स्वास्थ्य मन्त्रालयबाट । यस्तो अवस्थामा अलपत्र पारेर के गर्न खोज्दैछौँ ? एकातिर हामी आयल निगमलाई मूल्य समायोजन गरेर महंगी घटाउनुपर्ने ठाउँमा पन्ध्र÷पन्ध्र दिनमा स्वचालित मूल्यको व्यवस्था गर्ने भनेर सरकार भन्छ । तर अहिले घट्दा चार रुपैयाँ, नौ रुपैयाँ, तेह्र रुपैयाँ घट्दाखेरी सरकारले घटाएको छैन । नेपालीलाई महंगो मारमा त पा¥यो, पा¥यो तर स्वास्थ्य क्षेत्रमा अत्यन्तै खतरनाक अवस्था आउँदैछ र स्वास्थ्य बीमा कार्यक्रम कोल्याप्स हुँदैछ ।
स्वास्थ्य बीमा कार्यक्रमलाई कुनै पनि हालतमा जनपक्षीय रुपमा सञ्चालन गर्न, समाजवाद उन्मुख कार्यक्रम योमात्रै हो । सभामुखमार्फत् सरकारको ध्यानाकर्षण हुनेछ भन्ने कुरा म रुलिङको अपेक्षा गर्न चाहन्छु । स्वास्थ्य बीमा कार्यक्रम कोल्याप्स गर्न पाइँदैन । अपांग भएका जनताको स्वास्थ्यमाथि खेलवाड गर्न पाइँदैन । ज्येष्ठ नागरिकमाथि खेलवाड गर्न पाइँदैन । एच.आई.भी. एड्स संक्रमितहरुमाथि खेलवाड गर्न पाइँदैन । स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध सबैलाई स्वास्थ्य बीमा कार्यक्रममा समाहित गर्नका निम्ति जोडदार माग संसदीय दलको तर्फबाट गर्न चाहन्छु ।’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend