Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतीय क्रिकेटर मनोज प्रभाकर नेपाली क्रिकेटको मुख्य प्रशिक्षकमा नियुक्त


    सोमबार, साउन २३ २०७९
    635
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय क्रिकेटर मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको छ ।  

    सोमवार क्यानले प्रेस विज्ञप्ती जारी गरेर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय क्रिकेटर मनोज प्रभाकरलाई नियुक्त गरेको जनाएको हो । पूर्व प्रशिक्षक पुबुदु दासानायकेले कार्यकाललाई ७ महिनामा नै टुङ्ग्याएपछि क्यानले नयाँ प्रशिक्षक खोजिरहेको थियो । 

    नेपाली टोलीको प्रशिक्षकमा नियुक्त हुनुभएका प्रभाकरले भारतीय टिमबाट ३९ टेस्ट र एक सय ३० एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । यसअघि अफगानिस्तानको राष्ट्रिय क्रिकेट टिम र रणजी ट्रफीका टिमहरु दिल्ली, राजस्थान र युपी क्रिकेट एशोसियशनको प्रशिक्षण सम्हालेको प्रभाकारमा अनुभव रहेको छ ।

    ‘नेपालमा रहेको क्रिकेटप्रतिको लगाव, उनीहरुको प्रतिभा र कौशलता देख्दा म नेपाललाई क्रिकेटको शक्तिको रुपमा विकाश गर्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमसँग सहकार्यका लागि तयार छु,’ नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि प्रभाकरले क्यानद्वारा जारी विज्ञप्तीमा बताएका छन् । 

    ५९ वर्षीय प्रभाकरले सन् १९८४ देखि १९९६ सम्म भारतको राष्ट्रिय क्रिकेट टिमबाट खेलेका थिए । पूर्व प्रशिक्षक पुबुदु दासानायकेले स्कटल्याण्ड भ्रमणपछि राजीनामा दिएकाले नेपाली टोली प्रशिक्षकविहीन थियो । नेपाली टोली सम्हाल्न आएका पुबुदुले दोस्रो पटक नेपाली टोली सम्हाल्दा पहिलो कार्यकाल भन्दा निराशाजनक बन्यो । पुबुदुको कार्यकालमा नेपाली टोली बंगलादेशमा भएको २०१४ ट्वान्टी–२० विश्वकप क्रिकेट खेलेको थियो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार