काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारहरुलाई तह लगाउने चेतावनी दिएका छन् ।
सोमवार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकास निर्माणका काममा बेथिति ल्याउने ठेकदारहरुलाई तह लगाउने चेतावनी दिएका हुन् । उनले मन्त्रालयले त्यस्ता ठेकदारहरुको खोजी भइरहेकाले बिस्तारै ठिक लगाउने बताए ।
मन्त्री राईले ठेक्का लिने तर समयमा नै काम सक्ने र अन्य विभिन्न बेथिति ल्याउने ठेकदारहरुलाई सरकारले नछोडने बताए । उनले सरकारकाले कुनै पनि नेताको नजिकको ठेकेदार भए पनि काममा अवरोध सिर्जना गरेमा नछोडने बताए । उनले अहिले वैकल्पिक राजमार्गको विषयमा पनि बेथिति भइरहेको बताए । मन्त्री राईले मन्त्रिपरिषदले वैकल्पिक सहायक राजमार्गका बारेमा निर्णय गरिसकेकाले अब सहायक राजमार्गको मापदण्ड बनाएर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।
राईले भने–‘गल्ती गर्ने ठेकेदारहरुलाई छोड्ने कुरा आउँदैन । सरकार कुनै पनि नेताको आडमा बसेर विकास निर्माणमा बेथिति निम्त्याउनेलाई छोडदैनौँ । तर विकास निर्माणमा ठेकदारहरुको बेथिति छ । को कसको को कसको भन्ने ठेकेदारहरुले विभिन्न नेताहरुको खोल ओडेर ठेकेदारहरुले बेथिति निम्त्याएका छन् । हामी त्यसको खोजी गर्दैछौं । बिस्तारै ठिक पार्छौं । तपाईहरु ढुक्क हुनुस् ठिक पार्छौं । अब वैकल्पिक साहयक राजमार्ग मन्त्रीपरिषदले निर्णय गरेको छ । यसमा पनि बेथिति छ । गल्लीको बाटो पनि वैकल्पिक सहायक राजमार्ग छ । तर सहायक राजमार्ग पनि छन् । तत्कालका लागि जे भए पनि हामी कार्यान्वयन गर्छौं । भोलिको दिनमा सहायक राजमार्गको कम्तीमा मापदण्ड बनाएर कार्यान्वयन योजना हाल्ने प्रतिबद्धता जनाउँछौं ।’
मन्त्री राईले सार्वजनिक यातायातमा वैज्ञानिक भाडादरमा बेथिति नभएको बताए । उनले स्वचालित मूल्य प्रणाली अनुसार नै भाडा समायोजन भई रहेको दाबी गरे । मन्त्री राईले कहीँ कतै कार्यान्वयन नभएको भए मन्त्रालय तत्काल कडाईका साथ कार्यान्वयन गर्न तयार रहेको बताए । उनले वैज्ञानिक भाडादर सरकार, निजी क्षेत्र र विज्ञहरु राखेर लागू गरिएको बताएका छन् ।
मन्त्री राईले भने ‘सार्वजनिक यातायातमा वैज्ञानिक भाडादरको कुरा उठ्यो । सार्वजनिक यातायातमा वैज्ञानिक भाडादरमा बेथिति चाहिँ छैन । लागू हुने-नहुने कुरामा कतै गुनासो आयो भने कडाइका साथ लगाउँछौं । मन्त्री भएर आउँदा सार्वजनिक भाडादर बढेर पनि घटेको थियो । बढाउन भन्यो भने लागू कहिलेदेखि गरेको हो । सात दिनपछि लागू गरेर सात दिनपछि मैले भाडादर स्वीकृत गरेको हो । त्यो नै निरन्तर होस भनेर यातायात व्यवस्था विभागका महानिर्देशकले भनेर मैले रोकेको हो । अहिले ेखि लागू गरौं भने यो स्वचालित प्रणाली हो । यसमा सरकार, निजी क्षेत्र र विज्ञहरु राखेर गरिएको विषय हो ।’
त्यस्तै नेकपा एमालेकी सांसद विद्या भट्टराईले विकास निर्माणमा तहगत समन्वयको अभाव रहेको बताए । उनले तीनै तहमा आफ्नो क्षेत्राधिकार छैन भनेर पन्छिन संघीयताले सजिलो भएको बताए । भट्टराईले संघीयताले जिम्मेवार बनाउनुपर्ने तर गैरजिम्मेवार बन्नको लागि संघीयताले ठाउँ दिएको बताए । उनले सार्वजानिक सवारी साधनको भाडादर स्वचालित नभएर स्वछन्द भएको टिप्पणी गरे ।
त्यस्तै नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले संघीयता आएसँगै स्थानीय सरकारहरुले डोजर आतंक मच्चाएको कारण सडकमा ठूलो समस्या भोगेको बताए ।
बैठकमा अधिकांश सांसदहरुले विकास निर्माणको काममा तीनै तहले समन्वय गरेर काम नभएको बताएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend