काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी संगठनका भोलानाथ पोखरेललाई प्रवेश गराएपछि एमालेको पेशागत फाँटमा चरम असन्तुष्टि उत्पन्न भएको छ । उनलाई एमालेमा प्रवेश गराएपछि निजामती कर्मचारी संगठनका सचिवालयमै रहेका नेताहरु रुष्ट भएका छन् । पोखरेल एक जना एमालेमा जाँदा त्यहाँका १० जनाभन्दा बढी संगठनका नेताहरु एकीकृत कर्मचारी संगठन फर्कने संभावना बढेको छ ।
पोखरेललाई एमालेमा प्रवेश गराएपछि एमाले निकट निजामती कर्मचारी संगठनको सचिवालयमा रहेका प्रभास साह, रामचन्द्र अधिकारी, युबाचन्द्र घिमिरे, कृष्ण केसी, केशवबहादुर चन्द, गोविन्द शिवाकोटी नेकपा समाजवादी निकट एकीकृत कर्मचारी संगठनमा फर्किने मनस्थितिमा पुगेका छन् ।
त्यसैगरी, बिष्णु अर्याल, काशी पराजुली, देवी पराजुलीलगायतका संगठनका नेताहरु समेत पोखरेललाई एमालेले रातो कार्पेट बिछ्याएपछि असन्तुष्टि प्रकट गर्दै एकीकृत कर्मचारी संगठन फर्कने तयारीमा रहेको स्रोतले बताएको छ ।
पोखरेललाई एमालेमा प्रवेश गराउने पक्षमा निजामती कर्मचारी संगठनका अधिकांश नेताहरु नहुँदा नहुँदै बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलहरुको जोडबलमा उनलाई भित्र्याइएको थियो ।