काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरुको नागरिकतामा अपमानपूर्वक राखिएको नामहरु सच्याउन माग गरेका छन् ।
सोमवारको राष्ट्रियसभा बैठकमा विशेष समयमा बोल्दै सांसद सुनारले दलित समुदायका व्यक्तिहरुलाई नागरिकता लिंदा अपमानपूर्वक नाम राखिएको भन्दै आपत्ति जनाएका छन् । उनले दूरदराजका दलित समुदायका व्यक्तिहरुको नाम तत्कालिन प्रशासनले विगारिदिएको भन्दै उनीहरुको नाम सच्याउन गृहमन्त्रीसँग माग गरेका छन् ।
सांसद सुनारले यस्तो त्रुटीहरुको खोजी गर्न राष्ट्रिय दलित आयोग र दलित अभियन्ताहरुलाई पनि आग्रह गरेका छन् । उनले भने– ‘यस्तो पनि नागरिकता हुन्छ ? यस्तो पनि लेख्न मिल्छ ? ती हाकिमहरु, ती फटाहाहरु यो देशमा एकथरि मान्छेलाई कति घृणा गर्न उद्यत हुँदारहेछन् त ? कति अपमान गर्न उद्यत हुँदारहेछन् त ? कति उनीहरुलाई खिसीट्युरी गर्ने, घृणा गर्न, अपमान गर्न चाहँदा रहेछन् त ?

नागरिकता लिन जाँदा ती हाकिमहरुले केरकार गर्ने, सोधपुछ गर्ने गर्दछन् । अहिले पनि गर्दछन् । त्यो बेलामा पनि गरे होलान् । किन यस्तो नाम लेखेको भनेनन् ? दूरदराजका जनतालाई नागरिकता दिँदा त्यस्तो लेख्न मिल्छ ? त्यस्तो कागजमा सही गर्नेको हात भाँच्नुपर्छ कि पर्दैन ? अब यसको जिम्मेवार को हो ?
यी नागरिकता सच्याउनलाई म गृहमन्त्रीसँग अनुरोध गर्दछु । तुरुन्त सच्याइनुपर्छ । र, यस्तो खोजी गर्नलाई राष्ट्रिय दलित आयोगले अनुगमन गर्नु आवश्यक छ । राष्ट्रिय दलित आयोग तुरुन्त पुग्नुपर्छ । आयोगको अनुगमन र निगरानी पुगिरहेको छैन । दलितका संघ, संगठन र दलित अभियन्ताहरु अभियानको रुपमा ती बस्तीमा पुग्नुपर्छ । त्यस्ता अपराधीहरुलाई खोजीखोजी कारबाही गर्नुपर्छ । राज्य यो विषयमा गम्भीर हुन आवश्यक छ ।’
उनले नागरिकतामा गलत नाम लेखिदिएर दलित समुदायको स्वाभिमानमाथि अपमान भएको बताए ।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend