काठमाडौं । मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा गठबन्धन गर्ने औपचारिक निर्णय गरेको तीन दिनपछि नेपाली कांग्रेसका शीर्ष नेताहरूले आज आन्तरिक छलफल गरेका छन्।
सिट बाँडफाँटका आधार के हुने भन्नेमा कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी सोमबार बालुवाटारमा करिब दुई घन्टा छलफल गरेका हुन्।
साउन २० मा सत्ता गठबन्धनले सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरेका थिए, जसमा कांग्रेसका तीन सदस्य छन्। महामन्त्री गगन थापा, नेताहरू कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की सिट बाँडफाँट कार्यदलमा सदस्य छन्।
यो कार्यदलको पहिलो बैठक सोमबार अपरान्ह ३ बजे बालुवाटारमा बस्दैछ। यो बैठकमा जानुअघि पार्टीभित्र सामूहिक धारणा बनाउन सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज शीर्ष नेताहरूसँग सुझाव लिएका हुन्। पार्टी प्रवक्ता प्रकाशशरण महतले कार्यदलका तीन सदस्यलाई पार्टीका नेताहरूले सुझाव दिएको बताए।
‘तालमेललाई कसरी अगाडि बढाउने भन्नेबारे नेताहरूले कार्यदल सदस्यहरूलाई सुझाव दिनुभएको छ,’ उनले बालुवाटारमा पत्रकारहरूसँग भने, ‘चुनावी तालमेल र सिट बाँडफाँटबारे पदाधिकारी तथा पूर्वपदाधिकारीले आ-आफ्ना सुझाव दिनुभएको छ।’
महतका अनुसार अधिकांश नेताहरूले सिट बाँडफाँटको आधार मतलाई बनाउन सुझाव दिएका छन्।
२०७४ को स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभामा दलहरूलाई प्राप्त मत र गत वैशाखको स्थानीय तह निर्वाचनमा प्राप्त मतलाई आधार बनाउनुपर्ने सुझाव कार्यदल सदस्यहरूलाई कांग्रेसका शीर्ष नेताले दिएका छन्।
प्रतिनिधि सभाका प्रत्यक्षतर्फका १६५ क्षेत्रमध्ये करिब सय सिट आफूहरूले लिनुपर्ने कांग्रेसका नेताहरूले बताउँदै आएका छन्।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend