Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लगातार दुईपटक चुनाव जितेकालाई तेस्रोपटक टिकट नदिऔं : सांसद देवकोटा


    सोमबार, साउन २३ २०७९
    800
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं।  राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले लगातार दुईपटक चुनाव जितेकालाई तेस्रो पटक टिकट दिन नहुने बताएका छन्। 

    राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै देवकोटाले बरु चौथो पटक टिकट दिनुपर्ने बताए।

    ‘लगातार दुईपटक चुनाव जितेकालाई तेस्रोपटक टिकट नदिइयोस् बरु चौथोपटक दिइयोस्’ देवकोटाले भने, ‘हुनुपर्ने त लगातार दुई पटक जितेपछि आराम गर्ने, आफ्नो पेश व्यवसाय गर्ने हो तर यहाँ नेतालाई रोक्न खोज्ने हो भने बाँध नै भत्काउँछन्, उपद्रो मच्चाउँछन्, संविधान नै च्यातिदिन्छन् त्यसैले तेस्रो पटक भनेको हुँ।’

    उनले राजनीतिलाई सधैं दुहुनु गाई सम्झेर राज्य दोहन गर्ने प्रचलन रहेको भन्दै यसलाई नियन्त्रण गर्नु आवश्यक रहेको बताए। 

    चुनाव घोषणा भएपछि सरकार, प्रतिनिधिसभा र प्रदेशसभा स्वतः कामचलाउ भएको उनले बताए। कामचलाउ निकायले दीर्घकालीन महत्व राख्ने र प्रभाव पार्ने नीति तथा कार्यक्रम नबनाउने भन्दै यसतर्फ सरोकारवाला निकायको ध्यानाकर्षण गराए। 

    ‘संविधानले सभामुख र उपसभामुखको पद अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म कायम रहने भनेपछि सांसदहरुको कार्यकाल समाप्त भयो भनेर बुझ्नु जरुरी छ।’ उनले भने, ‘कार्यकाल समाप्त भएका सांसदहरुको नाममा बैठक राख्न पाइँदैन, राज्यको दोहन गर्ने काम बन्द होस्।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार