काठमाडौं। राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले लगातार दुईपटक चुनाव जितेकालाई तेस्रो पटक टिकट दिन नहुने बताएका छन्।
राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै देवकोटाले बरु चौथो पटक टिकट दिनुपर्ने बताए।
‘लगातार दुईपटक चुनाव जितेकालाई तेस्रोपटक टिकट नदिइयोस् बरु चौथोपटक दिइयोस्’ देवकोटाले भने, ‘हुनुपर्ने त लगातार दुई पटक जितेपछि आराम गर्ने, आफ्नो पेश व्यवसाय गर्ने हो तर यहाँ नेतालाई रोक्न खोज्ने हो भने बाँध नै भत्काउँछन्, उपद्रो मच्चाउँछन्, संविधान नै च्यातिदिन्छन् त्यसैले तेस्रो पटक भनेको हुँ।’
उनले राजनीतिलाई सधैं दुहुनु गाई सम्झेर राज्य दोहन गर्ने प्रचलन रहेको भन्दै यसलाई नियन्त्रण गर्नु आवश्यक रहेको बताए।
चुनाव घोषणा भएपछि सरकार, प्रतिनिधिसभा र प्रदेशसभा स्वतः कामचलाउ भएको उनले बताए। कामचलाउ निकायले दीर्घकालीन महत्व राख्ने र प्रभाव पार्ने नीति तथा कार्यक्रम नबनाउने भन्दै यसतर्फ सरोकारवाला निकायको ध्यानाकर्षण गराए।
‘संविधानले सभामुख र उपसभामुखको पद अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म कायम रहने भनेपछि सांसदहरुको कार्यकाल समाप्त भयो भनेर बुझ्नु जरुरी छ।’ उनले भने, ‘कार्यकाल समाप्त भएका सांसदहरुको नाममा बैठक राख्न पाइँदैन, राज्यको दोहन गर्ने काम बन्द होस्।’
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend