काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुले सय सिट राखेर गठबन्धन गर्न सुझाव दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले सय सिट राखेर मात्रै गठबन्धन गर्न सुझाव दिँदै सो सम्भव नभए गठबन्धन नगर्न सुझाव दिएका छन् ।
“कांग्रेसले सय सिट लिएर बाँकी सिट बाँड्दा मात्र गठबन्धन कसिलो हुन्छ भन्ने सुझाव आएको छ,” एक पूर्वपदाधिकारीले भने, “हैन भने कांग्रेसको सिट व्यवस्थापन सम्भव हुँदैन । त्यसले गठबन्धनको सफलतामा पनि असर पार्छ भन्ने कुरा राखेका छौँ ।” ती पदाधिकारीका अनुसार गठबन्धनमा लचिलो नभए विपक्षीले हदैसम्म दिएर पनि गठबन्धन गर्न मिहिनेत गरिरहेको भन्दै सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीलाई त्यही अनुरुपको मानसिकता बनाउन आग्रह गरेका थिए ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने पार्टीका तर्फबाट गठबन्धन कार्यलयमा रहेका सदस्यहरुलाई सुझाव दिनका लागि सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक राखेको बताए । उनले ०७४ सालको निर्वाचन र भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा पाएको मतलाई गठबन्धन निर्माणको आधार बनाउन सुझाव दिएको जानकारी दिए ।
“पार्टीका तर्फबाट सत्ता गठबन्धन कार्यदलका सदस्यहरुसँग छलफल थियो । आजै पाँच दलीय कार्यदलसँग छलफल छ । पदाधिकारी र पूर्वपदाधिकारीको सुझाव सल्लाह लिनका लागि सभापतिले बैठक डाक्नुभएको हो,” प्रवक्ता डा. महतले भने, “साथिहरुले आफूलाई लागेका सल्लाह सुझाव दिनुभएको छ ।”
उनले सुझाव दिने क्रम जारी रहेको भन्दै अहिले प्रारम्भिक सुझाव भएकाले ठोस रुपमा यति नै सिट भनेर सुझाव नदिएको बताए ।
“प्रारम्भिक बैठक बस्न लागेको हो । यहाँ सुझाव पनि प्रारम्भिक मात्र आएका छन्,” प्रवक्ता महतले भने, “०७४को चुनावमा, यसपालाको स्थानीय चुनावमा पाएको मतलाई आधार मान्न सुझाव आएका छन् ।”
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend