Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालीलाई जुवा खेलाउने मेरियट होटलको क्यासिनोमा प्रहरीको छापा


    आइतबार, साउन २२ २०७९
    2.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालीलाई क्यासिनोमा जुवा खेलाउन निषेध गरिएको छ । तर नक्सालस्थित मेरियट होटलको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने गरेको सूचनापछि प्रहरीले आइतबार साँझ छापा हानेको छ । क्यासिनोबाट जुवा खेलिरहेको सूचनाका आधारमा सुनसरीका खगेन्द्र भण्डारी र तनहुँका सूर्य शाही पक्राउ परेका छन् ।

    नेपालीलाई क्यासिनोमा जुवा प्रतिबन्ध छ । क्यासिनोको लत लागेका वीरेन प्रधानले २२ जेठ २०६६ मा अनामनगरकी ख्यातिको अपहरणपछि क्रूर तरिकाले हत्या गरेपछि सरकारले नेपालीलाई क्यासिनो प्रवेश गर्ने र जुवा खेलाउन बन्देज लगाएको थियो ।

    क्यासिनो नियमावली नै जारी गरी सरकारले नेपालीलाई जुवा खेलाएमा कडा संजाय हुने, लाइसेन्स नै जफत हुने प्रावधान राखेको छ । तर, केही क्यासिनोले भारतका सिक्किमदेखि दार्जिलिङबासी भएको नक्कली परिचयपत्र बनाएर नेपाली छिराउँदै आएका छन् ।

    काठमाडौंका अन्य क्यासिनोले पनि नेपाली छिराएर जुवा खेलाउने गरेका छन् । प्रहरीसँग सेटिङ मिलाएर क्यासिनोले नेपालीलाई जुवा खेलाउने गरेका छन् । भारतीय नक्कली परिचयपत्र बनाएर क्यासिनोमा नेपालीलाई लाने र जुवा खेलाउने काममा अरुण सेढाईको समूह सक्रिय छ । 

    मेरियट होटलका संचालक शशीकान्त अग्रवाल हुन् । उनी भारतबाट तस्करीको चिनी नेपालमा भित्र्याउने र सीमा क्षेत्रमा रहेका उनका उद्योगका नाममा प्याक गरी नेपाली उत्पादन भन्दै उखु किसानका नाममा भ्याटफिर्ता समेत लिई रातारात अरबपति भएका हुन् । त्यही तस्करीको चिनी भित्र्याउँदै नेपाली ऊखु किसानको नाममा ६ अर्ब भ्याट लिई उनले म्यारियट होटल लगायतका ब्यापारमा लगानी गरेका छन् ।

    नेपालका नेतादेखि उच्चपदस्थहरुलाई प्रभावमा राख्ने अग्रवालले क्यासिनोमा नेपालीलाई प्रवेश गराएर जुवा खेलाए पनि प्रहरीले उनलाई छुन सकेको थिएन । तर  भर्खरै लैनचौर बृत्तका डीएसपी सरुवा भएकाले नयाँ आएका इन्चार्जले उनको क्यासिनोमा छापा हानी जुवा खेल्ने नेपालीलाई नियन्त्रणमा लिएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार