Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानन्यायाधीश जबरा बिरुद्धको महाभियोग प्रस्ताव समितिमा


    आइतबार, साउन २२ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाले प्रधानन्यायाधीश चालेन्द्रसमशेर जबराबिरुद्धको महाभियोग प्रश्तावलाई महाभियोग सिफारिस समितिमा पठाएको छ ।  

    प्रतिनिधि सभाको आइतवारको बैठकमा महाभियोग प्रस्तावको सम्बन्धमा छलफल भएको थियो । छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले महाभियोग प्रस्ताव प्रतिनिधिसभाले यसअघि नै गठन गरेको महाभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव पेस गर्नुभएको थियो । सभामुख सापकोटाको प्रस्ताव प्रतिनिधिसभाको बहुमतले स्वीकृत गरेको छ ।

    प्रतिनिधिसभाको आगामी बैठक २०७९ साउन २४ गते मंगलवार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार