काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ । महाभियोग प्रस्तावमाथि सांसदहरुले आ–आफ्ना धारणा राखिरहेका छन् । करिब साढे ५ महिनाअघि २०७८ फागुन १ मा दर्ता भएको महाभियोग प्रस्तामाथि संसदमा आज छलफल सुरु भएको छ । २०७८ फागुन १ मा ९५ सांसदले राणाबिरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।
रााणमाथि सशस्त्र प्रहरी बलका पूर्व डीआइजी रन्जन कोइरालालाई उन्मुक्ति दिएकादेखि धेरै मुद्दामा सेटिङ गरी अरबौं भ्रष्टाचार गरेको, न्यायिक नेतृत्वमा अक्षम र असफल भएको, संवैधानिक नियुक्ति र मन्त्रिमण्डलमा भागबन्डा गरेको आरोप महाभियोगमा लगाइएको छ । उनीमाथि पेसी सूची (कजलिस्ट) मार्फत् मुद्दा सेटिङ, आफूअनुकूल फैसलाका लागि रोजाइको इजलास निर्धारण, बिचौलियासँग साँठगाँठ, शक्ति पृथकीकरणको सिद्धान्तलाई निस्तेज, न्यायाधीशबीच गुटबन्दी र न्यायमा बिचलन ल्याउने काम गरेको आरोप लगाइएको छ ।
न्यायिक इतिहासमा पहिलोपल्ट प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै सबै न्यायाधीशले इजलास नै बहिस्कार गरेका थिए । त्यति हुँदा पनि उनले पदबाट राजीनामा नदिई जबर्जस्ती सर्वोच्च अदालतमा गएका थिए । महाभियोग दर्तापछि पनि उनले राजीनामा त दिएका छैनन् नै प्रधानन्यायाधीशको निवास बालुवाटार समेत कब्जा गरी बसेका छन् ।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend