काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ । महाभियोग प्रस्तावमाथि सांसदहरुले आ–आफ्ना धारणा राखिरहेका छन् । करिब साढे ५ महिनाअघि २०७८ फागुन १ मा दर्ता भएको महाभियोग प्रस्तामाथि संसदमा आज छलफल सुरु भएको छ । २०७८ फागुन १ मा ९५ सांसदले राणाबिरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।
रााणमाथि सशस्त्र प्रहरी बलका पूर्व डीआइजी रन्जन कोइरालालाई उन्मुक्ति दिएकादेखि धेरै मुद्दामा सेटिङ गरी अरबौं भ्रष्टाचार गरेको, न्यायिक नेतृत्वमा अक्षम र असफल भएको, संवैधानिक नियुक्ति र मन्त्रिमण्डलमा भागबन्डा गरेको आरोप महाभियोगमा लगाइएको छ । उनीमाथि पेसी सूची (कजलिस्ट) मार्फत् मुद्दा सेटिङ, आफूअनुकूल फैसलाका लागि रोजाइको इजलास निर्धारण, बिचौलियासँग साँठगाँठ, शक्ति पृथकीकरणको सिद्धान्तलाई निस्तेज, न्यायाधीशबीच गुटबन्दी र न्यायमा बिचलन ल्याउने काम गरेको आरोप लगाइएको छ ।
न्यायिक इतिहासमा पहिलोपल्ट प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै सबै न्यायाधीशले इजलास नै बहिस्कार गरेका थिए । त्यति हुँदा पनि उनले पदबाट राजीनामा नदिई जबर्जस्ती सर्वोच्च अदालतमा गएका थिए । महाभियोग दर्तापछि पनि उनले राजीनामा त दिएका छैनन् नै प्रधानन्यायाधीशको निवास बालुवाटार समेत कब्जा गरी बसेका छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend