Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • अर्थमन्त्री शर्मामाथि अपुरो अनुसन्धान भयो : प्रदीप ज्ञवाली


    आइतबार, साउन २२ २०७९
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले अपुरो अनुसन्धान गरेको आरोप लगाएको छ।

     आज आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै  एमाले सांसद प्रदीप ज्ञवालीले अनुसान्धान नै अधुरो भएकाले निष्कर्ष पनि अधुरो आएको बताएका हुन्।
    आजको  प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद ज्ञवालीले सरकारले गरेको क्रियाकलापका कारण अर्थमन्त्रालयमा कर्मचारी जान नमानिरहेको दावी गरे ।
    ज्ञवालीले अर्थमन्त्रीमाथि छानविन गर्न बनेको समितिले पूर्ण रुपले काम गर्न नपाएको आरोप लगाउँदै अपुरो प्रतिवेदन आएका कारण अर्थमन्त्रालयमा कर्मचारी नगएको आरोप लगाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार