Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्वोच्च अदालतकै सामुन्नेबाट बच्चासहित कुमारी आमा निहारिका पक्राउ


    आइतबार, साउन २२ २०७९
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आमरण अनसनमा बसेकी निहारिका राजपूतलाई प्रहरीले नियन्त्रणमा लिएकोे छ । तीन दिनअघिदेखि आमरण अनशन सुरु गरेकी ‘कुमारी आमा’ निहारिका आइतबार न्याय माग्दै सर्वोेच्च पुगेकी थिइन् । सर्वोच्च अगाडिबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

    निहारिका वसन्तपुरमा अनसन बसेकी थिइन् । बसन्तपुरमा अनसन बस्दा आफ्नो माग सुनुवाइ नभएपछि उनी सर्वाेच्च परिसर आएकी हुन् । दुई वर्षको छोरा च्यापेर आएकी उनलाई बच्चासहित प्रहरीले नियन्त्रणमा लिएको छ । बच्चसहित निहारिकालाई प्रहरी बृत्त सिंहदरवारमा लगिएको छ । 

    पटक पटक अनसन बस्दा पनि सुनुवाइ नभएकाले निहारिकाले आफू अब न्यायका लागि ज्यान दिन तयार रहेको बताउँदै आएकी छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार