Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज साउन २२ गते आइवारको राशिफल


    आइतबार, साउन २२ २०७९
    665
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    मन खिन्न हुने स्थिति आउने छ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । व्यवसायिक स्थितिमा गिरावट आउन सक्छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक महत्वको क्षेत्रमा भ्रमण हुनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    मन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । शेयर बजारमा पनि उतारचढाव आउन सक्छ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    अरुलाई प्रभावित पारेर काम बन्ने छ । चलाखीपूर्ण बोलीले कार्य सम्पन्न हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    आज समय मध्यम खालको छ । आम्दानीको तुलनामा खर्च बढ्ने छ, तर घर परिवारका सदस्यहरूसँग सम्बन्ध सकारात्मक हुनेछन् ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    आज प्रतिष्ठित व्यक्तिहरूसँग मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ । बोलीको भरमा कार्य सहजै सम्पादन हुनेछ । अर्थपूर्ण सुखद् यात्रा पनि हुनेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य बिस्तारै पुरा होला । आज माता पिता र वरिष्ठ व्यक्तित्वको आशीर्वाद मिल्ने छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । कला र गलाको प्रभाव बढ्ने छ । शुभ समाचार पनि सुन्न पाइएला ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    आज मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । महिला वर्गबाट सहयोग पनि मिल्ने छ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउने छ । अधुरो काम बन्ने छ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक भइने छ ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । प्रेमीको सहयोग प्राप्त हुनेछ । छोटो यात्रा पनि होला ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    सामाजिक प्रसिद्धि प्राप्त हुनेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लामो यात्रा सुखद् र सफल हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार